एजेन्सी । बलिउड कलाकारद्वय आलिया भट्ट र रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेममा रहेको यो जोडीले बिहीबार सिमित साथीभाइ र परिवारका सदस्यबीच विवाह गरेका हुन् ।
उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । विवाह स्थलमा उनीहरूले ऋषि कपुरको ठुलो तस्बिरलाई साक्षी राख्दै बन्धनमा बाधिएका थिए । आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् ।
बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै पुरानो धेरै सम्झनाहरूका साथ भविष्यमा बनाउने पनि बताएकी छिन् । सार्वजनिक भएको तस्बिरमा दुवै जना घ्यु कलरको ड्रेसमा देखिएका थिए ।