काठमाडौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको ‘यो मुटु भरी‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएको छ । माया, प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेमलाई गीतमा समेटिएको छ ।
गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन् । माया भन्दा ठूलो धन सम्पती नभएको कुरालाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ ।
प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन् । यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ ।
काठमाडौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन, एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।