• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

तनहुँमा एमाले र कांग्रेस नेता जोशी समूहले चुनावी तालमेल गर्ने

तनहुँ । ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ । एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो ।

तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ । दुवै पक्षबाट चार-चार जना सदस्य रहने गरेर समिति गठन भएको हो । शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकरात्मक छौँ,’ उनले भने ।

कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेकाे छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबण्डा हुनेछ,’ उनले भने ।

कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र ? बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दा खेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,’ उनले भने ।

जोशी पुत्र दिपकराजले व्यास नगरपालिकाको मेयरमा उम्मेदवार दिने घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका छन् । उनले नेपाली कांग्रेसमा पनि मेयरको आकांक्षीमा नाम टिपाएका थिए । तर, पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन ।

जोशीले दिएको जानकारी अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ ।

गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहनेले कांग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आँकलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतीले तनहुँको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।

१० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो ।

जोशीले हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई सघाएको आरोप छ । जोशीले यस अगाडि जिल्लाका गाउँगाउँमा पुगेर कार्यकर्ता भेटघाटको क्रममा सम्मानजनक व्यवहार नगरे तनहुँ कांग्रेसलाई सवक सिकाउने चेतावनी दिँदै आइरहेका थिए ।

  • निर्वाचन
  • नेकपा एमाले
  • नेपाली कांग्रेस
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो
मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल
फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.