पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो । जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे । जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुई जनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ ।
मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत काेही नभएकाे प्रहरीले जनाएकाे छ ।