• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

‘वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने’

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकावासीलाई दीर्घकालीन रूपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची खानेपानीको २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी गराएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण भएसँगै २०७९ वैशाख ११ गतेभित्र उपत्यकाभित्र खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिक रूपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताए ।

मेलम्ची खानेपानीको विकल्पको रूपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउनुहुँदै उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने धारणा व्यक्त गर्दै मेलम्ची खानेपानी आयोजनाको विकल्पहरूबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिए ।

खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरु उत्पन्न हुन सक्नेतर्फ इंगित गर्नुहुँदै उहाँले सरोकारवालाहरू सबै मिलेर खानेपानीका स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।

भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई के.यु.के.एल. र पीआईडीले मनन गर्नुपर्ने बताए ।

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका व्यवस्थापन बोर्डमा रहेर कार्य गर्दाको अनुभव सुनाउनुहुँदै बोर्डले मेलम्चीको पानीको विकल्पको रूप सिस्नेरी आयोजनालाई अगाडि ल्याएको बताउँदै पीआईडी र केयुकेएलको काममा स्थानीय तहसँग समन्वय गरी गर्नुपर्ने बताए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताउनुहुँदै वैकल्पिक स्रोतहरूको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ खानेपानी मन्त्रालय अग्रसर रहेको बताए ।

त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाइ व्यवस्थापन एवम् सुधार लगायतका कार्यहरूमा सहकार्य गर्दै आइरहेको बताए ।

उपत्यकाका करिब १६ ठाउँमा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइसकेको बताउनुहुँदै उहाँले बोर्डले वर्षातको पानी संकलन गरी पुनःभरण गर्ने काम गर्दै आएको बताए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव मिना श्रेष्ठ, केयुकेएलका कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्यराज कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूबीच आयोजित टेबुलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरे । वार्षिकोत्सवकै अवसर पारेर मन्त्री चौधरीले ‘वार रुम’ को समेत उद्घाटन र बोर्डको वार्षिक प्रतिवेदन समेच विमोचन गरेका थिए ।

  • मेलम्ची
सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?
सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला
भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.