काठमाडौं । कलाकार, निर्माता केकी अधिकारीको विवाह व्यवसायी रोहित तिवारीसँग भइरहेको छ । काठमाडौंको धापासिस्थित ग्रान्डि भिल्ला अपार्टमेन्टमा बिहीबार विवाह कार्यक्रम भइरहेको हो ।
बुधबार यी दुईको मेहेन्दी उत्सव भएको थियो । परिवार र आफन्तहरुको उपस्थितिमा विवाह भएको हो । केकी नेपाली चलचित्र क्षेत्रकी स्थापित कलाकार हुन् भने रोहित हाम्रो बजार डटकमका सीईयो हुन् ।