काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । महानगर प्रमुखमा पुन: उम्मेदवार बन्ने तयारीमा रहेकी दाहालले सोही प्रयोजनका लागि शुक्रवार राजीनामा दिएकी हुन् ।
रेनुले बुझाएको राजीनामा उपमेयर पार्वती शाह ठकुरीले शुक्रवार नै स्वीकृत गरेकी छन् । निर्वाचन आचारसंहिता अनुसार पुन: उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।
सत्ता गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका माओवादीको केन्द्रको भागमा परेको छ । कांग्रेसको उम्मेदवार नहुने भएकाले यस पटक पनि रेनुको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवारसँग हुँदैछ । एमालेबाट भरतपुरमा विजय सुवेदी उम्मेदवार बन्दैछन् ।