काठमाडौं । नयाँ वर्ष २०७९ सुरु हुने बितिक्कै नेपाली नायिकाहरु भटाभट लगनगाँठो कस्न थालेका छन् । विवाह अघिको प्रेम सम्बन्ध गुपचुप राखेझैं लगनगाँठो कसेको क्षणलाई पनि प्रचारमा ल्याउन चाहेका छैनन् ।
हिजो मात्रै नायिका केकी अधिकारीले सुटुक्क विवाह गरिन् । आज फेरि अर्की अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन् । सिवाकोटीले प्रेमी आशिषसँग विवाह गरेको स्रोतले बताएको छ ।
उनीहरुको विवाह काठमाडौंको नागार्जुनस्थित रानीवन छेउको रेसु भिल्लामा भएको हो । विवाह अहिले पनि भइरहेको छ ।
‘नाईं नभन्नु ल २’ बाट फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपति प्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखाना लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
वर्षासँग वैवाहिक बन्धनमा बाँधिएका आशिष अमेरिकामा बस्ने स्रोतको दाबी छ । हिजो विवाह गरेकी अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।