काठमाडौं । गायक सरोज लामिछाने र बिमला पन्तको नयाँ लोकदोहोरी ‘मुसौरी’ सार्वजनिक भएको छ । गीतमा हरिश निरौला ककरोच र बिनु शाक्यको अभिनय देख्न सकिन्छ ।
गायक लामिछानेकै शब्द र संगीत रहेको दोहोरीमा आर के मिलनले म्युजिक एरेन्ज गरेका छन् । भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने नवराज उप्रेतीको कोरियोग्राफी रहेको भिडियोको नविन घर्ती मगरले सम्पादन गरेका छन् ।
त्यस्तै, गीतको मिक्सिंग कुमार राना मगरले गरेका छन् । गीत केही दिन अघि सरोज लामिछाने अफिसियल च्यानलबाट युट्युब मार्फत रिलिज भएको हो ।