• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
बुधबार, माघ १८, २०७९
बुधबार, माघ १८, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

नेकपा एमाले र एकीकृत समाजवादीको घोषणापत्रमा भएका समानता र भिन्नता के हुन् ?

बीबीसी । अघिल्लो स्थानीय तहमा सबैभन्दा धेरै पालिकामा जित हात पारेको नेकपा एमाले र एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले सार्वजनिक गरेका स्थानीय चुनाव लक्षित घोषणापत्रमा केही रोचक समानताहरू देखिएका छन् ।

तीन दिनको फरकमा सार्वजनिक गरिएका दुई पार्टीका घोषणापत्रमा भएको एउटा समानता हो यसको आकार । वैशाख ६ गते सार्वजनिक एकीकृत समाजवादीको घोषणापत्र र वैशाख ९ गते सार्वजनिक एमालेको घोषणापत्र दुवै समान ४८ पृष्ठका छन् । अर्को रोचक समानता हो दुवै दलको प्राथमिकतामा सँगसँगै र अघिपछि परेका विषयहरू ।

समानता के छन् ?
नेकपा एमालेले आफ्नो पहिलो प्रतिबद्धतामा शिक्षा सम्बन्धी विषय राखेको छ भने एकीकृत समाजवादीले यो विषय दोस्रो बुँदामा राखेको छ । फरक फरक घोषणापत्रमा एकीकृत समाजवादी र एमाले दुवैले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिएका छन् ।

निःशुल्क स्वास्थ्यको प्रतिबद्धतालाई एकीकृत समाजवादीले पहिलो प्राथमिकतामा राखेको छ भने नेकपा एमालेले दोस्रो बुँदामा राखेको छ । जटिल शल्यक्रिया बाहेकका उपचार निःशुल्क उपलब्ध गराउने समाजवादीको प्रतिबद्धता छ । एमालेले आधारभूत स्वास्थ्य सेवा र जटिल रोगको उपचार निःशुल्क गर्ने वाचा गरेको छ ।

एकीकृत समाजवादी र एमाले दुवैले तेस्रो बुँदामा खानेपानीको विषयलाई राखेका छन्। एमालेको प्रतिबद्धता सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने छ भने समाजवादीको वाचा पाँच हजार लिटरसम्म नि:शुल्क खानेपानी उपलब्ध गराउने छ ।

दुवै दलको चौथो बुँदामा विद्युत्‌को विषय छ । एमालेले विपन्न परिवारलाई घरायासी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने वाचा गरेको छ भने समाजवादीले हरेक घर परिवारलाई २०० युनिटसम्म बिजुलीको शुल्कमा छुटको प्रतिबद्धता जनाएको छ ।

दुवै दलका उस्तै वाचा
अघिल्ला बुँदाहरूजस्तै दुवै दलले पाँचौँ बुँदामा कृषिको विषय समेटेका छन् । कृषि उत्पादनको बजार व्यवस्थापन, उत्पादनमा आधुनिकीकरण र मल आपूर्ति बारे एमालेले १५ वटा प्रतिबद्धता जनाएको छ भने एकीकृत समाजवादीले १६ वटा प्रतिबद्धता जनाएको छ । दुवै दलकाले कृषि क्षेत्रमा जनाएका अधिकांश प्रतिबद्धता समान छन् ।

एमालेले छैटौँमा यातायात पूर्वाधारको विषय समेटेको छ भने एकीकृत समाजवादीले सडक पूर्वाधारको विषय १३ नम्बर बुँदामा राखेको छ । वडा केन्द्रलाई पालिका केन्द्रसँग जोड्ने विषय दुवै दलको प्रतिबद्धतामा समेटिएको छ ।

समाजवादीको सातौँ बुँदामा परेको उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता एमालेको नवौँ बुँदामा छ । समाजवादीको आठौँ बुँदा र एमालेको नवौँ बुँदामा युवा सम्बन्धी प्रतिबद्धता छन् । दुवै दलले उद्यमशीलताको माध्यमबाट स्वदेशमै युवालाई रोजगारीको अवसर सिर्जना गर्ने वाचा गरेका छन् ।

एमालेको दशौँ र समाजवादीको पन्ध्रौँ बुँदामा कला संस्कृतिको संरक्षण सम्बन्धी विषय समेटिएका छन् । समाजवादीको भन्दा एमालेले यो बुँदामा विस्तृतमा प्रतिबद्धताहरू जनाएको छ । तर दुवै दलले स्थानीय स्रष्टाहरूलाई सम्मान र संरक्षण गर्ने विषय दोहोर्‍याएका छन् ।

एमालेले तेह्रौँ बुँदामा ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिबारेका प्रतिबद्धता जनाएको छ भने समाजवादीले यसलाई फरक-फरक दुई बुँदामा समेटेको छ । समाजवादीको सोह्रौँ बुँदामा बालबालिका, सत्रौँ बुँदामा ज्येष्ठ नागरिक र बिसौँ बुँदामा अपाङ्गता भएका व्यक्तिका हितबारेका प्रतिबद्धता छन् ।

फरक के छन् ?
एमालेको घोषणापत्रमा बाह्रौँ बुँदा र समाजवादीको अठारौँ बुँदामा महिला सहभागिता वृद्धि र महिलामाथि हुने हिंसा अन्त्यका लागि पहल गरिने उल्लेख छ । फरक-फरक बुँदामा दुवै दलले विकाश र पर्यावरणमैत्री निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

मदिरा पान, धूमपान र लागू औषध निरुत्साहनका लागि जागरणमूलक कानुनी प्रबन्ध गर्ने प्रतिबद्धता पनि एमालेले अघि सारेको छ । एकीकृत समाजवादीले भने मदिरा सेवन गर्न स्थानीय तहबाट अनुमति पत्र लिनुपर्ने अवधारणा घोषणापत्रमा अघि सारेको छ ।

एकीकृत समाजवादीले लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक हितका लागि समेत प्रतिबद्धता जनाएको छ । एकीकृत समाजवादीले पूर्व सैनिक र प्रहरीलाई सम्मान गर्ने र वैदेशिक रोजगारीमा गएका तथा अन्य श्रमिकहरूको हकहितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

एमालेले विकाश र समृद्धिका लागि संरचनागत र कानुनी सुधार गर्दै योजनाबद्ध विकाशको प्रतिबद्धता अघि सारेको छ भने एकीकृत समाजवादीले भ्रष्ट्राचार मुक्त स्थानीय तह र सुशासनलाई बढी प्राथमिकता दिएको छ ।

अघिल्लो चुनावी घोषणापत्रमा राजधानी काठमाण्डूमा चक्रपथको समानान्तर रेल सञ्चालन गर्ने योजना अघि सारेको एमालेले उक्त वाचा यो पटकको घोषणापत्रमा हटाएको छ । शुक्रवार सार्वजनिक गरिएको घोषणापत्रमा “ठूला सहरहरूमा रेल,बस ‍र्‍यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकाश गर्ने” भनिएको छ ।

  • एकीकृत समाजवादी
  • नेकपा एमाले
शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो
मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल
फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.