एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा गुजरात टाइटन्सले कोलकत्ता नाइट राइडर्समाथि जित निकालेको छ । मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा गुजरातले कोलकत्तालाई ८ रनले हराएको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६७ रन बनाउँदा डेभिड मिलरले २७ तथा ऋद्दिमान शाहले २५ रनको महत्वपूर्ण योगदान दिए ।
त्यस्तै राहुल तेवातियाले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ कोलकत्ताका आन्द्रे रसेलले ४ विकेट लिँदा टिम साउथीले ३ विकेट तथा उमेश यादव र शिवम माभीले समान १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाउँदा रिंकु सिंहले ३५, वेङ्कटेस ऐयरले १७ तथा उमेश यादवले १५ रन बनाए ।
कोलकत्तालाई लक्ष्यसम्म पुग्न नदिन मोहम्मद शमी, यस डायल र रासिद खानले समान २ विकेट लिँदा अल्जरी जोशेफ र लोकी फर्कग्युसनले समान १ विकेट लिए । जितसँगै ७ खेलबाट १२ अंक जोडेको गुजरात शीर्षस्थानमा उक्लिएको छ भने ६ अंक जोडेको कोलकत्ता ७ औं स्थानमा छ ।