• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
बुधबार, माघ १८, २०७९
बुधबार, माघ १८, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

कांग्रेस घोषणापत्र : प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’

काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’को अवधारणा अघि सारेको छ । कांग्रेसले सो अवधारणा अनुसार बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिकलाई विश्रामस्थल र आम नागरिकलाई पार्क एवं विशेषतः शहरी क्षेत्रमा जमिनमुनि पानी ‘रिचार्ज’ गराउन मद्दत गर्ने खुला क्षेत्र निर्माण वा विद्यमान खुला क्षेत्रको स्तरोन्नति गर्ने सङ्कल्प गरेको छ ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी गरेको ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा सो कुरा उल्लेख छ । साथै वातावरण संरक्षणका लागि वातावरण संरक्षण विद्युत्लगायत स्वच्छ ऊर्जा यातायातको प्रवद्र्धन गर्ने, सबै घरपरिवारले विद्युत्बाट खाना पकाउने वातावरण सिर्जना गर्ने, स्थानीय तहलाई हरित पालिकाका रुपमा विकास गर्ने; रुखको संरक्षण, वृक्षरोपण, घाँसे मैदान वृद्धि, पोखरीको संरक्षण र विस्तारलगायत चोकको संरक्षण गर्ने; सिँचाइका लागि नहर र नदी पनि यसैको अङ्ग बनाउने उल्लेख गरेको छ ।

सबै स्थानीय तहमा प्रदूषण मापन केन्द्र
सबै स्थानीय तहमा प्रदूषण मापन केन्द्रको स्थापना गर्ने, सरोकारवालासँगको सहकार्यमा प्रत्येक टोलमा सुलभ, सफा र व्यवस्थित शौचालय निर्माण गर्ने, सौर्य लगायत नवीकरणीय ऊर्जाको प्रवद्र्र्धन गर्ने कांग्रेसको योजना छ ।

यसैगरी हरेक घरमा विद्युतीय ऊर्जाबाट खाना पकाउने प्रविधिको प्रयोग बढाउने गरी कार्यक्रम लागू गर्ने, बिजुली, टेलिफोन, इन्टरनेट आदिलाई भूमिगत गराउन सुरु गर्ने, आकाशे पानीलाई पोखरी बनाएर वा ससाना नदी वा खोल्सीमा बहाव नियन्त्रित गरी भूक्षय कम गर्दै उचित व्यवस्थापन गरी पानी रिचार्ज गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।

नदी खोलामा अप्रशोधित ढल जोड्ने परिपाटीलाई क्रमशः नियन्त्रण गर्दै लग्ने, एक स्थानीय तह एक पोखरी, एक बस्ती एक पार्क, एक घर एक नर्सरी, एक घर फूलवारी अभियानलाई हरियाली प्रवद्र्धन गर्न बिरुवा निःशुल्क वितरण गरी बिरुवा रोप्न स्थानीयलाई आह्वान गर्ने योजना अघि बढाएको कांग्रेस महामन्त्री एवं घोषणपत्र तयारी समितिका संयोजक गगनकुमार थापाले जानकारी दिनुभयो ।

पुरातात्विक महत्वका संरचनाको वर्गीकरण गरी संरचनाको जीर्णोद्धार एवं संरक्षण गर्ने, पुराना बस्तीमा पुरानो नेपाली शैलीको घर बनाउन प्रोत्साहन गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने, स्थानीय सामग्री प्रयोगलाई प्रोत्साहन गरी स्थानीय वातावरण अनुसार भवन तथा पूर्वाधार निर्माण गर्ने कांग्रेसको सङ्कल्प छ ।

यसैगरी कांग्रेसले आगामी तीन वर्षभित्र आवश्यक झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने र आवश्यकता तथा मागअनुसार विशेष प्रकृतिका पर्यटकीय महत्वका झोलुङ्गे पुल बनाउने जनाएको छ ।

यसैगरी ग्रामीण केन्द्रलाई बजारसम्म जोड्ने तथा शहरी केन्द्र बीचको सडक स्तरीकरणलाई विशेष प्रथामिकता दिने, सबै गाउँ नगरपालिका केन्द्रमा पक्की सडकको पहुँच पु¥याउने, सबै गाउँनगर पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पु¥याउने कांग्रेसको योजना छ ।

सडक दुर्घटनाको न्यूनीकरणका निम्ति ‘सडक सुरक्षा निर्देशिका’लाई कडाइका साथ लागू गर्ने, सडकमा अनिवार्य फुटपाथ र साइकल लेनको व्यवस्था गरी स्थानीय तहलाई पैदल यात्रु र साइकल मैत्री बनाउने, निजीक्षेत्रको समेत सहयोगमा पर्यटकीय स्थानमा केबल कार, रोप–वे निर्माण तथा सञ्चालन गर्ने योजना रहेको कांग्रेसले जनाएको छ ।

एक गाउँ एक व्यावसायिक उत्पादन
सबै स्थानीय तहमा आधारभूत अस्पाताल भवन र सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न गर्ने, एक गाउँ एक व्यावसायिक उत्पादन र कृषिउपज सङ्कलन केन्द्रको निर्माण गर्ने, टोलका सबै सार्वजनिक क्षेत्र, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था आदि अपाङ्गतामैत्री बनाउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

एक वडा एक खेल मैदान निर्माण गर्ने, प्रत्येक गाउँमा सामुदायिक भवन र गाउँ मिलनकेन्द्र निर्माण गर्ने, ससाना कुटिर उद्योगका लागि स्थानीय तहमा बजारको व्यवस्था गर्ने तथा विद्युतीकरण हुन बाँकी सबै गाउँमा विद्युतीकरण गर्ने र उज्यालो गाउँ सहरका लागि सडक बत्तीलाई व्यापक बनाउने सो घोषणापत्रमा उल्लेख गरिएको छ ।

कांग्रेसले खानेपानी र सिँचाइ जमीनमुनिको पानीको सतहको मूल्याङ्कन गरी डिप बोरिङमार्फत तथा नजिकै रहेको स्रोतलाई उपयोग गरी घर घरमा शुद्ध खानेपानी वितरण प्रणालीको व्यस्थापन र सार्वजनिक धाराको संरक्षण तथा व्यवस्था गर्ने, सिँचाइ हुन सम्भाव्य सबै जमिनमा बाह्रै महिना सिँचाइ हुने गरी कृषिमा विशेष कार्यक्रम सञ्चालन गर्नेछ ।

सूचना र सञ्चार अन्र्तगत हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पु¥याउने, सबै सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने, सरकारी कार्यालयमा प्रविधिको उच्च प्रयोग गराउने जनाइएको छ ।

भविष्यमा आइपर्ने विपद् व्यवस्थापन र पूर्वतयारीको लागि हरेक वडामा ‘विपद् कोष’को स्थापनालगायत व्यवस्थापनका लागि चाहिने उपकरण, औजार एवं दक्षजनशक्ति सहितको ‘द्रुत सहायता कक्ष’ को स्थापना गर्ने पार्टीको घोषणापत्रमा उल्लेख छ । रासस

  • नेपाली कांग्रेस
सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो
मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल
फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.