• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

‘केजिएफ २’को बक्स अफिस कलेक्सन ९ अर्ब, ‘जर्सी’को कमाई १५ करोड मात्र

एजेन्सी । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को कमाइ ९ अर्ब भारतीय रूपैयाँ पुगेको छ । दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले ११ दिनमा ९ अर्बको आँकडा छोएको हो ।

१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो । निर्माण टोलीका अनुसार फिल्मले ११ दिनमा विश्वभरिबाट ९ अर्बको कमाइ गरेको छ । योसँगै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा ‘केजिएफ २’ छैटौँ नम्बरमा पुगेको छ ।

१ अर्ब बजेटमा बनेको फिल्मले ११ दिनमै ‘पिके’, ‘बजरंगी भाइजान’, ‘बाहुबलीः द बिगिनिङ’ जस्ता सुपरहिट फिल्मको लाइफटाइम बक्स अफिस कलेक्सनलाई पछि पारेको छ । सबैभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा पहिलो नम्बरमा ‘दंगल’ रहेको छ भने ‘बाहुबली २’, ‘आरआरआर’, ‘बजरंगी भाइजान’ र ‘सेक्रेट सुपरस्टार’ क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् ।

‘केजिएफ २’ ले अबको एक हप्तामा ‘बजरंगी भाइजान’ र ‘सेक्रेट सुपरस्टार’लाई पछि पार्ने विश्लेषकहरूले बताएका छन् । ‘केजिएफ २’ को भन्दा ‘बजरंगी भाइजान’को बक्स अफिस कलेक्सन ७० करोड र सेक्रेट सुपरस्टारको कलेक्सन ६६ करोडले बढी छ ।

सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ ले २ अर्ब ५० करोडको कमाइ गर्दै कन्नड फिल्म उद्योगमा सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । कन्नड फिल्म उद्योगको लागि च्याप्टर १ को रेकर्ड ब्रेक गर्दै च्याप्टर २ ले नयाँ रकर्ड सेट गरेको छ । फिल्ममा यश राज केन्द्रीय भूमिकामा देखिएका छन् भने सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राज लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

त्यस्तै शुक्रवारबाट अभिनेता शाहिद कपूर अभिनीत फिल्म ‘जर्सी’ रिलिज भयो । साउथको सुपरहिट फिल्म ‘जर्सी’को रिमेक भएकाले फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने धेरैको आँकलन थियो । तर, ‘फिल्मले विकेन्डमा जम्मा १५ करोड मात्र कमाउन सफल भएको छ ।

सन् २०१९ मा आएको अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७५ करोडको व्यापार गरेको थियो । यसको १० प्रतिशत कमाई गर्न पनि ‘जर्सी’का लागि मुश्किल पर्ने देखिन्छ । ४० करोडमा बनेको फिल्मले घरेलु बजारबाट लगानी उठाउने सम्भावना समेत न्यून बनेको छ । फिल्ममा शाहिद कपूरसँगै पंकज कपूर र मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् ।

  • बलिउड
  • शाहिद कपूर
  • सञ्जय दत्त
सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल
प्रियंका चोपडाले पहिलो पटक छोरी मालतीको देखाइन् अनुहार
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु, प्रथम हुनेलाई एक करोड

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.