काठमाडौं । नेकपा एमालेका नेता भीम रावल नेपाली कांग्रेसप्रति असन्तुष्ट भएका छन् । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध अदालत गएको विषय उल्लेख गरेपछि रुष्ट बनेका हुन् ।
नेता रावलले ट्वीटमा लेखेका छन्, ‘संविधानविपरीतको प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकाले घोषणापत्रमा लेखेछ । राष्ट्रघाती प्रावधान भएका एमसिसीसँगका दर्जन सम्झौता संसद्लाई थाहा नदिई मूल सम्झौता होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धनको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको ?’
प्रतिनिधिसभा विघटनको विषयलाई उल्लेख गरेको कांग्रेसले राष्ट्रघाती प्रावधान भएका एमसिसीसँगका दर्जन सम्झौता संसद्लाई थाहा नदिई होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धनको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकारले एमसिसी अनुमोदनको प्रस्ताव गर्दैगर्दा एमाले नेता रावल त्यसको विरोधमा बोलिरहेका थिए । एमालेले सभामुखको भूमिकालाई लिएर संसद् अवरोध गर्दैगर्दा नेता रावल भने पार्टीको निर्णयविरुद्ध एमसिसीको विपक्षमा संसद्मा बोलेका थिए ।
संविधान विपरीतको प्रतिनिधिसभा विघटन विरूद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकांले घोषणापत्रमा लेखेछ।राष्ट्रघाती प्रावधान भएका एमसीसी संगका दर्जन सम्झौता संसदलाई थाहा नदिई मूल सम्झौता होहल्ला बीच अनुमोदन गर्ने कुरा मुद्धा हाल्दा र गठबन्धको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको?
— Bhim Rawal, PhD (@BhimRawal179) April 26, 2022