काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो ।
मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसअनुसार सदर आवेदकमध्ये भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाएका छन् । तिनै सेयर पाउनेमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।
आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ । आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ । अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।