• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
बिहिबार, माघ १९, २०७९
बिहिबार, माघ १९, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

सन्धिखर्ककाे नगर प्रमुख बन्ने यी हुन् उम्मेदवारका दाबी

सन्धिखर्क । सन्धिखर्क नगरपालिकाको नगर प्रमुख बन्ने लक्ष्यसहित पाँच जना निर्वाचन प्रचार प्रसारमा लागेका छन् । सबै पाँच उम्मेदवार आफू जित्नेमा ढुक्क छन् । नेकपा एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसबाट शान्ता भण्डारी, विवेकशील साझा पार्टीबाट सूर्यप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवराज भुसाल र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिबाट राजेन्द्र नेपाली नगर प्रमुखकाे प्रतिस्पर्धामा छन् ।

को कति जितको नजिक ?
शान्ता भण्डारी, नेपाली कांग्रेस
सत्ता गठबन्धनले यस पटक नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्य समेत रहेकी नेतृ शान्ता भण्डारीलाई नगर प्रमुखमा अगाडि सारेको छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका कांग्रेसका उम्मेदवार कमलप्रसाद भुसालले निकटतम प्रतिद्वन्दी कृष्णप्रसाद श्रेष्ठलाई एक हजार एक सय तीन मतले पछाडि पार्दै आठ हजार दुई सय ३० मतका साथ निर्वाचित भएका थिए । यस पटक पनि सन्धिखर्कमा कांग्रेस सहजै जित्ने दाबी गरेकाे छ ।

नगरको चौथो दल राष्टिय जनमोर्चाको मात्रै होइन, एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको समेत साथ पाएको कारण जित्न थप सहज हुने नगर प्रमुखकी उम्मेदवार शान्ता भण्डारीकाे भनाइ छ । अझ अघिल्लो निर्वाचनमा आफूहरूले नै पराजित गरिसकेको उम्मेदवारले आफुहरूसँग प्रतिस्पर्धा नै गर्न नसक्ने कांग्रेसकाे दाबी छ ।

कृष्णप्रसाद श्रेष्ठ, नेकपा एमाले
नेकपा एमालेले अघिल्लाे पटककै उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई दाेहाेर्याएकाे छ । श्रेष्ठले पनि कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी भण्डारीलाई तुलनात्मक रुपमा कमजोर ठानेको बताएका छन् ।

यसअघि नगरकाे नेतृत्व कांग्रेसले गर्दा भए गरेका कमी कमजाेरीमा टेकेर एमालेले विजयी हासिल गर्ने याेजना बनाएकाे छ । एमाले याे नगर विकासको एजेन्डा आफूसँग मात्रै रहेकोले जनताले विगतको कमजोरी नदोहोर्याउने जनाएकाे छ ।

हिजो माओवादीको बलमा कांग्रेसले जितेकोमा आज टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासँगै अधिकांश माओवादी नेता तथा कार्यकर्ता एमालेमै रहेकाले जित सहज भएको श्रेष्ठकाे दाबी छ ।

सूर्यप्रसाद श्रेष्ठ, विवेकशील साझा पार्टी
सूर्य श्रेष्ठ सन्धिखर्क नगरपालिकाको लागि नयाँ अनुहार हो । उनले विवेकशील साझा पार्टीको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । पूराना पार्टीबाट आजित भइसकेका कारण यस पटक मतदाताले विकल्प खोज्नेमा उनी आशावादी छन् । खासगरी नगरलाई भ्रष्टाचारमुक्त बनाउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्यको नि:शुल्क व्यवस्थाको लागि पनि मतदाताले आफूलाई मत दिनुपर्ने उनकाे भनाइ छ ।

ध्रुवराज भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी
अघिल्लो निर्वाचनमा नगरप्रमुखमै लडेका भुसाल यो पटक पनि चुनावी मैदानमा छन् । सन्धिखर्क नगरपालिका-५ निवासी भुसाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नगरप्रमुखको उम्मेदवार बनाएको छ ।

विगतको निर्वाचनमा एक सय ६५ मत प्राप्त गरेका भुसाल यो पटक मतदाताको माया पाउने विश्वासमा छन् । हिन्दू राष्ट्र कायम गराउन राप्रपानै चाहिने र वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेको राप्रपाको कारण पनि नगरवासीबाट आफूले सम्मानजनक मत पाउने भुसालको विश्वास छ ।

राजेन्द्र नेपाली, राष्ट्रिय जनमोर्चा
सन्धिखर्क नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका नेपाली सन्धिखर्क नगरपालिका-१ का स्थाई बासिन्दा हुन् । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका नेपालीले यस पटक स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसपटक जनताको रोजाईमा पर्ने नेपालीको विश्वास छ । गत निर्वाचनमा जनमोर्चाकी नेतृ पोख्रेलले नगरप्रमुख पदमा पाँच सय ७८ मत प्राप्त गरेका थिए ।

  • निर्वाचन
  • नेकपा एमाले
  • नेपाली कांग्रेस
  • माओवादी केन्द्र
  • राष्ट्रिय जनमोर्चा
  • विवेकशील साझा
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र
इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.