काठमाडौं । गायिका समीक्षा अधिकारीले करिब दुई महिनापछि सामाजिक सञ्जालमा भावुक स्टाटस पोस्ट गरेकी छन् । लामो समयपछि गायिका अधिकारीले आफ्नो भेरिफाइड फेसबुक अकाउन्टमा काव्यिक शैलीमा मार्मिक स्टाटस लेखेकी हुन् ।
स्टाटसमा उनले आफूले माया गरेको व्यक्तिका लागि आफैलाई मार्न सक्ने र उसका लागि आफू स्वयं हार्न पनि सक्ने भन्ने भाव पोखेकी छन् ।
उनले लेखेकी छन्-
“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु”