काठमाडौं । स्थानीय तहको चुनाव नजिकिएसँगै घरदेखि टोलका चोक चोकमा चुनावी बहस हुन थालेको छ । यस्तै काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेमध्ये यसपाली सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम हो रास्ट्रिय यथार्थबादी पार्टी नेपालका महासचिव आनन्द राज जोशी ।
युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको छ । काठमाडौंमा उम्मेदवारबीच एकातिर दलगत प्रतिस्पर्धा नै हुने अनुमान छ भने अर्कातिर स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलका उम्मेदवार पनि निर्णायक हुन सक्ने आकलन गरिएको छ ।
उनी भन्छन्- ‘ठूला दलका नेताहरु भुइँमा टेक्दैनन्, हामी भुइँमै हिँड्छौँ । भुइँ नटेक्ने र भुइँमा हिड्ने बीचको अन्तर हुने नै भयो । अब जनताले मुल्यांकन गर्ने बेला यहि हो आशा छ यो निर्वाचनमा काठमाडौंबाट जनताले हामीलाई बहुमतका साथ जिताउने छन् ।’
त्यस्तै जोशी भन्छन्- “काठमाडौंको फोहोर व्यवस्थापन, व्यवस्थीत पार्किङ, काखमा दूध पिउने बच्चा लिएर जो आमा दिदी बैनी ठेलाको व्यापार गर्नुहुन्छ उहाँहरुको व्यवस्थापन गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ । त्यस्तै फ्री पार्किङको व्यवस्था गर्नेछु । काठमाडौंको खाल्ता २४ घन्टा भित्र पुर्ने समेत मेरो योजना रहेको छ ।”
साथै उनी भन्छन्- “काठमाडौंको अस्पतालमा बिमारी तथा बिमारी कुरुवालाई बस्ने राम्रो व्यवस्था गर्ने छौं । काठमाडौंमा शिक्षा स्वास्थ फ्री गर्नेछौं । मेरो महानगर मेरो मेयर कार्यक्रमबाट जनताको गुनासो सुनेर २४ घन्टा भित्र जनताको कुरा सुनुवाइ गर्नेछौं । काठमाडौंको आदिबासीलाई कर छुट दिनेछौं । नक्सा बनाउन तथा अन्य नगरपालिकामा हुने काम तुरुन्तै सेवा प्रधान गर्नेछौं ।”