• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • ९. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

  • १०. सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

मजदुर भन्छन्- ‘गिट्टी नकुटी बेलुकी खाना पाक्दैन उम्मेदवारका कुरा कसले सुन्ने ?’

उदयपुर । आसपासका बस्तीमा स्थानीय तह निर्वाचन प्रचारप्रसारमा गीत र नारा घन्किए पनि उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा भने गिट्टी कुटेको कर्कश आवाज मात्रै आउँछ ।

गिट्टी कुट्ने मजदुरलाई न निर्वाचनको चासो छ न त आज मजदुर दिवस (मे दिवस) भन्ने नै ख्याल छ । उनीहरूको एकोहोरो ध्यान छ बेलुका परिवारको पेट कसरी पाल्ने ?

‘दिनभर गिट्टी नकुटी खान पाइन्न कसरी निर्वाचन बारे बुझ्न हिँड्नु ? त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका–१२ का बोटकी श्रीमती विन्दा पनि निर्वाचन बारे केही थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘के को निर्वाचन हो र ?’

बोट दम्पती मात्रै होइनन् त्रियुगा नदीको त्रिवेणी घाट मजदुरी गर्ने धेरैलाई के को निर्वाचन भइरहेको छ भन्ने थाहा छैन । नदी किनारमै भेटिएकी मन्जुर चौधरीले भनिन्, ‘एक ट्रयाक्टर गिट्टी बेच्दा एक हजार ज्याला पाइन्छ नेताको पछि लागेर के पाइन्छ र ? बेलुका भोकै सुत्नुपर्छ ।’

उनले खेतीपाती गर्न जग्गा नभएको र सडक नबढारे, गिट्टी नकुटे विहान बेलुकी चुलो नबलने बताइन । अर्का मजदुर रामकुमारी चौधरीका दम्पतीले पनि अहिलेसम्म कसैले भोट नमागेको बताए । त्रियुगा नगरपालिका–१३ मा घर ढलानसम्बन्धी काम गरिरहेकी रामकुमारीले भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै हुन्छु के को निर्वाचननै थाहा छैन ।’

निर्वाचनले कहिल्यै नछुने उनीहरू मात्रै होइनन् । दैनिक ज्याल मजदुरी गरेर खानेहरू धेरै भेटिन्छन् । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोलाको किनारमा गिट्टी कुट्नेहरूलाई स्थानीय तह निर्वाचन भनेको के हो भन्ने समेत थाहा छैन ।

कम्युनिष्ट पार्टीहरूले हरेक भाषणमा भन्न नछुटाउने सब्द हो ‘सर्र्वहारा वर्ग’। अहिले यही ‘सर्वहारा वर्गलाई भने न त निर्वाचनले छोएको छ न त कम्युनिष्ट पार्टीका उम्मेदवार नै उनीहरूसम्म पुगेका छन् ।

‘अब बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट दिनु पर्ला,’ त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटेले भने, ‘सबैतिरबाट हारेकालाई सर्र्वहारा भन्छन् । हाम्रो जग्गा छैन, उम्मेदवार आउँदा मिठो मसिनो खुवाउने हैसियत छैन, किन आउँछन् त हाम्रो गाउँमा ?’

बालुवा चाल्दै गरेकी सृजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्रै बस्तीमा उम्मेदवारहरू आउने गरेको बताइन । ‘निर्वाचनको अघिल्लो दिन बस्तीमा भोज चल्छ,’ परियारले भनिन्, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन् त्यसैलाई भोट हालिन्छ ।’

मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले बताए । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरू प्रचारप्रसारमा उत्रिएका छन् ।

उदयपुरमा आठ पालिका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा आठ पालिकामध्ये एमालेले ६ पालिकामा जित हासिल गरेको थियो । बाँकीमा कांग्रेस एक, माओवादीले एक पालिका जितेको थियो ।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?
एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

ताजा समाचार

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • ३.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ४.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ५.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ६.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.