• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

बाबुराम र देउवाको स्वार्थका कारण गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा

गोरखा । सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप गरेको भन्दै उम्मेदवारहरूले राजीनामा दिएका हुन् ।

सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको कांग्रेस स्रोतले बताएको छ । ‘सामूहिक राजीनामा आएपछि नगरकमिटीको बैठक बसिरहेको छ । राजीनामा स्वीकृत गर्ने या नगर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर समितिलाई बुझाएका छन् । गृह जिल्ला गोरखा भएका डा. भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ ।

तर, त्यहाँ एक्लाएक्लै चुनाव लड्दा जसपाले जित्ने सम्भावना न्यून रहेको विश्लेषक बताउँछन् । सोही कारण भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।

‘भट्टराईले पालुङटारमा कांग्रेस मेयर पदका उम्मेदवारलाई ब्याक गराएर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरे सत्ता गठबन्धनसमेत तोड्ने भन्दै बार्गेनिङ गरिरहेका छन् । देउवालाई प्रधानमन्त्री टिकिराख्न परेको छ । बाबुरामलाई आफ्नो निर्वाचन क्षेत्र सेक्योर गर्नु पर्नेछ । त्यसैले देउवाले आफ्नो उम्मेदवारलाई ठाडो लगाम लगाउन प्रयास गरिरहेका छन्’, स्रोतले भन्यो ।

गत १० गते नै जिल्लामा कांग्रेसले पत्रकार सम्मेलन गरेर गोरखामा केही नेताको स्वार्थका कारण गठबन्धन गर्न नसकेको बताएको थियो । त्यस बेला पनि भागबण्डामा कुरा नमिलेर गठबन्धन बन्न नसकेको हो ।

तर, जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाइ सरकार ढाल्ने बताएपछि देउवाले गत १६ गते (शुक्रबार) निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍यो ।

यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

कँडेलले केन्द्र निर्देशन स्विकार्न बाध्य भएपछि नगरपालिका भित्रका कांग्रेसका सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् ।

  • नेपाली कांग्रेस
  • बाबुराम भट्टराई
  • मेयर
  • शेरबहादुर देउवा
आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि गरेको थियो तपस्या
फेरि एक पुरुषले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास
टुकुचा खोला उत्खननमा ‘ब्रेक’, उच्च अदालतले गर्यो जग्गाधनीको पक्षमा फैसला

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.