एजेन्सी । भारतीय नायिका उर्फी जावेद पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित छिन् । उनी कहिले ट्रोलको शिकार बन्छिन् र चर्चामा आउँछिन् भने कहिले पहिरन तथा लुक्सका कारण चर्चामा रहन्छिन् ।
उर्फीले एक अन्तर्वार्ताका क्रममा विगतका केही कुरा गरेकी छन् । उनी १५ वर्षको उमेरमा हुँदा एक पोर्न साइटले उनको तस्वीर अपलोड गरेको थियो । त्यो कुरा परिवारले थाहा पाएपछि परिवारले पनि गाली गरेको र अन्य मानिसले पनि जिस्काएको बताइन् ।
उनले कपडा लगाएकै कारण त्यो समयमा पोर्न साइटमा तस्वीर अपलोड भएको बताइन् ।