काठमाडौं । नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेकोलुपस नेपालले जनाएको छ ।
विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो । लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो ।
के हो लुपस बाथ ?
लुपस १५ देखि ४५ बर्ष सम्मका महिलालाई लाग्ने एक किसिमको बाथ हो । यो पुरुषको तुलनामा महिलालाई १२ गुणासम्म बढी सताउने गर्छ । मानव शरीरको रोग निरोधक शक्तिलाई हानी गर्ने किटाणु र खराब कोषलाई यसले नष्ट गर्छ । अटो इम्युन भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै स्वस्थ कोषलाई असर गर्न थाल्नु हो ।
लुपसले गाठासँगै नशा, सेतो रगत, मुटु, मृर्गाैलालाई असर गर्छ यसले भित्रि अगंलाई बढि असर गर्ने भएकाले बाहिरको दुखाईका अनुसार रोग कति जटिल छ भनेर अनुमान लगाउन सकिन् । त्यसका लाति जाँच गर्नु नै पर्छ ।
प्रारम्भिक अवस्थामा देखिने लक्षणहरु;
ज्वरो, अल्छीपना, कमजोर, तौल घट्ने । हात जोर्नी दुख्ने ।
पानी चालाउदा औंलाहरु निलो, पहेलो हुने ।
बिहान औंलाहरु कक्रक्क हुने ।
घाममा जादा अनुहार रातो हुने, अनुहारमा पुतली जस्तो दाग देखिने ।
मुख भित्र घाँउ आउने, आँखा रातो हुने ।
कपाल झर्ने ।
लुपकको पनि स्टेज हुन्छ जसले गर्दा शरीरका विभिन्न अगंहरुलाई असर पुर्याउछ । मुख्य गरेर रगतको प्यलेटहरुमा यसले असर पुराउने गर्छ । लुपस बाथले मुख्य गरेर रगत र मृर्गौलामा असर पुर्याउने गर्छ ।
मृर्गौलामा असर पुर्याउने भएकाले कहिल्यकाहि यसले मृगौला पनि फेल गराउने सम्भावना हुन्छ । यो बाथ महिलामा नै बढि देखिन्छ । गर्भवति महिलालाई लुपस बाथ छ भने बच्चामा न्युनाटल लुपस हुन सक्छ ।
उपचार पद्धति
यो रोगको उपचार व्यक्ति अनुसार फरक फरक हुन सक्छ । यो रोगले कुन कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन र जुन अंगलाई असर गर्छ त्यही अनुसार रोगको उपचार गरिन्छ । यो रोग धेरै जसो बिरामीलाई हाइड्रोअक्सिक्लोक्विन वा क्लोरोक्विन नामक औषधि प्रयोग गर्ने गरिन्छ ।
लुपसका बिरामी जसको मुुटु, कलेजो, मिर्गौला र नशाहरूमा असर गरिएको अवस्थामा ग्लुकोकोर्टिक्सोइड्स र अन्य इम्युन सप्ररेसिभ औषधि एजाथियोप्रिन, माइसोफोनोलेट मोफेटिल, साइक्लोफोस्फेमिड, रिटुमिक्मेड, आदि औषधिद्वारा उपचार गरिन्छ ।