गोरखा । सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको हो ।
तीन जनाको घटनास्थलमा मृत्यु भएपनि सनाखत हुन सकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट डीएसपी लीलाराज लामिछानेसहितको थप प्रहरी टोली घटनास्थल पुगेका छन् ।