काठमाडौं । कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कलाकारहरूले कांग्रेस प्रवेश गरेका हुन् ।
उनलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । देउवाले उनीहरूलाई टीका लगाइदिएका थिए । उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेता समेत रहेका कलाकार नीर शाह पुगेका थिए ।