• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

साथीको विवाहमा नेपाल आएका राहुल गान्धीका अन्य कार्यक्रम के छन् ?

बीबीसी । भारतीय राष्ट्रिय कङ्ग्रेसका पूर्वउपाध्यक्ष तथा नेता राहुल गान्धी अहिले नेपाल भ्रमणमा रहेका छन् । नेपाल र भारत दुवैतर्फका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको उक्त भ्रमणलाई लिएर विभिन्न चर्चाहरू गरिरहेका छन् ।

यद्यपि जानकारहरूले गान्धीको यो भ्रमण “नितान्त व्यक्तिगत” भएको बताएका छन् । सोमवार काठमाण्डू आइपुगेका उनी पाँच दिन नेपालमा रहने बताइएको छ ।

राहुल गान्धी किन आए नेपाल ?
सोमवार काठमाण्डू आइपुगेका गान्धी नक्सालस्थित एक पाँचतारे होटलमा बसेको नेपाली सुरक्षा अधिकारीहरूले बताएका छन् । उनकी साथी तथा सीएनएनकी पूर्वपत्रकार सुम्निमा उदासको विवाह समारोहमा सरिक हुन गान्धी नेपाल आएको उदास परिवारले जनाएको छ ।

सुम्निमाको विवाह समारोहमा सरिक हुनुका साथै उनले नेपालका केही पर्यटकीय क्षेत्रको भ्रमण गर्ने उल्लेख गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार लेखेका छन् । यद्यपी बीबीसीले कुराकानी गरेका उदास परिवारका सदस्यले चाहिँ “विवाहका समारोहहरूमा सरिक हुने बाहेक” गान्धीका खासै अन्य कार्यक्रम नभएको बताएका छन् ।

सरकारी अधिकारी के भन्छन् ?
नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरू र सुरक्षा अधिकारीहरूले गान्धीको भ्रमणबारे आफूहरूलाई विस्तृतमा जानकारी नभएको बताए । परराष्ट्र प्रवक्ता सेवा लम्सालले “गान्धीको भ्रमण औपचारिक नभएकाले मन्त्रालयलाई जानकारी नभएको” बताइन् ।

उनका अनुसार गान्धी हाल भारत सरकारको पदमा नरहेका व्यक्ति भएकाले पनि उनले परराष्ट्रलाई जानकारी नै गराउनुपर्छ भन्ने हुँदैन । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसी पनि गान्धीको भ्रमण व्यक्तिगत रहेको भन्ने बाहेक थप थाहा नभएको बताउँछन् ।

यद्यपि विमानस्थलमा ओर्लेदेखि नै उनको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको केसीले जानकारी दिए । केसीले भने, “उहाँ यहाँ आउनु भएको हो तर उहाँको कार्यक्रमबारे स्पष्ट भएको छैन । अहिलेसम्म दूतावास र होटल बाहेकको त्यस्तो कुनै कार्यक्रम छैन ।”

“हामीले उहाँ बसेको स्थानको सुरक्षा व्यवस्था मिलाएका छौँ। उहाँको भ्रमणको अन्य तालिका हामीलाई थाहा छैन ।”

गान्धीले नेपाली नेताहरूलाई भेट्छन् ?
अधिकारीहरूका भनाइमा गान्धीले कुनै नेपाली अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारीमा छैन । त्यस्तै पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि जानकारीमा नआएको उनीहरू बताउँछन् ।

भारतीय कङ्ग्रेससँग लामो सम्बन्ध र सम्पर्क भएको सत्ताधारी नेपाली कांग्रेसका नेताहरूसँग पनि उनको भेटघाटको कार्यक्रम नरहेको जानकारी सो दलले दिएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, “उहाँ आउनु भएको खबरबाट थाहा पाएका हौँ। हाम्रो पार्टीसँग वा पार्टीका नेतासँग भेटघाटको कार्यक्रम रहेको जानकारीमा छैन ।”

भारतीय कङ्ग्रेसका प्रवक्ता के भन्छन् ?
गान्धीको नेपाल भ्रमण बारे बीबीसीले भारतीय राष्ट्रिय कङ्ग्रेसका प्रवक्ताहरूलाई पनि सम्पर्क गरेको थियो । त्यस क्रममा दुई जना कङ्ग्रेस प्रवक्ताहरूले गान्धीको भ्रमण बारे आफूलाई “विस्तृत जानकारी” नभएको बताए ।

एकजना प्रवक्ता रजनी पाटिलले भनिन्, “म त्यस बारे जानकार छैन । कृपया गान्धीको कार्यालयमै सम्पर्क गर्नुहोला ।” त्यस्तै अर्का कङ्ग्रेस प्रवक्ता गौरव बल्लभले पनि गान्धीको नेपाल भ्रमण बारे आफूलाई खासै जानकारी नभएको बताए । उनले भने, “यस बारे मलाई अहिले खासै जानकारी छैन। बुझेर पछि भन्न सकिन्छ ।”

नितान्त व्यक्तिगत भ्रमण : दूतावास
त्यस्तै काठमाण्डूस्थित भारतीय दूतावासका एक अधिकारीले गान्धीको भ्रमण “व्यक्तिगत भएको तर आफूहरूलाई उनको भ्रमण तालिकाबारे थाहा नभएको” बताएका छन् ।

यसैबीच गान्धी सोमवार बेलुका काठमाण्डूस्थित एक चर्चित नाइट क्लबमा पुगेको भन्दै एउटा भिडिओ नेपाली र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले साझा गरिरहेका छन् ।

यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारिकता पुष्टि गर्न सकेको छैन । गान्धी यसअघि २०७५ सालमा मानसरोवर जाने तथा फर्कने क्रममा काठमाण्डूमा बसेका थिए ।

  • राहुल गान्धी
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कञ्चनपुरमा अटो दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?
भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.