• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

पाेखराका सुकुम्बासीकाे पीडा : सधैं भोट बैंक, समस्या ज्यूँका त्यूँ

पोखरा । ४५ वर्षअघि गाउँ नै सखाप हुनेगरी पहिरो झरेपछि उठिबास भएको कास्की भाचोकका २३२ परिवारमध्ये धेरैजसो पोखराको छिनेडाँडामा बसिरहेका छन् । केहीलाई कैलालीमा स्थानान्तरण गरिएको छ ।

छिनेडाँडामा राज्यले नै उनीहरुलाई प्रति परिवार आठ रोपनीका दरले जग्गा दिएर राखे पनि अहिलेसम्म लालपुर्जा पाएका छैनन् । उनीहरुलाई प्रति परिवार घडेरीका लागि करिब १२ आना र कृषि प्रयोजनका लागि सात रोपनी चार आना जग्गा दिइएको हो । तर सरकारले दिएको जग्गासमेत नजिकका टाठाबाठाले आफ्नो नाममा पारेका छन् ।

त्यति मात्रै होइन, पोखराको पृथ्वीचोकमा निर्माण गर्ने भनिएको बसपार्क क्षेत्रमा अहिले सुकुम्बासी भरिएका छन् । कसैलाई सरकारले नै विभिन्न ठाउँबाट ल्याएर त्यहाँ राखेको छ भने अधिकांश आफैं आएर बसेकाहरु छन् ।

सुकुम्बासीका कारण बसपार्क निर्माण हुन सकेको छैन । कहिलेकाहीँ बसपार्क बनाउने होहल्ला सुनेपछि त्यहाँका सुकुम्बासीलाई टाउको दुख्छ । उनीहरू राजनीतिक दलका नेताहरू भेट्नेदेखि आन्दोलनसमेत गर्न थाल्छन् ।

राज्यले उनीहरुलाई उपयुक्त विकल्प दिन नसक्दा बसपार्क नबनेको हो । बसपार्कमा बस्दै आएकी रूपा केसी नेताहरूसँग राजनीतिक सम्बन्ध मात्रै भएकाले आफ्ना समस्या समाधान हुन नसकेको बताइन् ।

‘नेताहरूको झोला बोकेर हिँड्ने, को राम्रो हो नचिन्ने । चुनावको बेला लालपुर्जा खाँचो छ भन्छन्, त्यसपछि जनप्रतिनिधि पनि चिन्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि हामीले जित्यौं भने कसैले तिरो तिर्ने बनाउँछौं, कसैले लालपुर्जा दिलाउँछौं भनेर प्रतिबद्धता जनाएका छन् । उनीहरूले कार्ड टाँसेर गएका छन् ।’

उनले बसपार्कमा आफूहरूको अवरोध नभएको भन्दै सुकुम्बासी समस्या समाधान गर्न र बसपार्क बनाउन राज्यले नै नचाहेको बताइन् । ‘बसपार्क बनाउन हाम्रो दायित्व हो । सरकारलाई सहयोग गर्छौं,’ उनी भन्छन्, ‘तर वास्तै गरेनन् । न वडाले चासो दियो, न महानगरले देखायो । सुकुम्बासीको समस्या समाधान गरेपछि अर्को पल्टबाट भोट पाईंदैन भन्छन्, हाम्रा समस्या जस्ताको त्यस्तै हुन्छ ।’

मजुवाका ऐलानी जग्गामा बस्दै आएका ५० परिवारसँग लालपुर्जा छैन । दैनिकजसो त्यहाँ सुकुम्बासीहरू बढ्ने क्रममा छन् । लालपुर्जा नहुँदा स्वास्थ्य सेवा, बिजुली, पानी र सडक पनि पुगेको छैन । सरकारले लालपुर्जामा बनेको घरलाई मात्रै पानी बत्तीको सिफारिस दिन्छ ।

अधिकांश सुकुम्बासी बस्तीमा चोरीको बिजुली बाल्नुपर्ने बाध्यता छ । तर पोखरा महानगरपालिका– ९ ले भने सुकुम्बासी बस्ती नै भए पनि पानी बत्तीको सिफारिस रोकेको छैन । ‘यो नैसर्गिक अधिकार हो । पानी बत्ती रोक्न मिल्दैन, मानवीय विषय हुन्,’ उनले भने, ‘अन्त सबैले लालपुर्जा र नक्सा पास खोज्छन् । लालपुर्जा नभएकोले पानी नपिए हुन्छ र ? त्यो त अमानवीय कुरा भयो नि ।’

पोखराका भूमिहीन सुकुम्बासीहरुले अब लालपुर्जा दिन तमसुक नगर्ने नेताहरूलाई भोट नदिने अभियान सुरु गरेका छन् । चुनावका बेला सबैभन्दा धेरै भोटको खरिदबिक्री हुने क्षेत्रको रूपमा सुकुम्बासी बस्तीलाई आरोप लाग्छ । उनीहरू त्यो स्वीकार्छन् पनि ।

तर अब भने पैसा र खानामा आफूहरूले भोट नहाल्ने सुकुम्बासीहरूको अडान छ । उनीहरूले जग्गा दिलाईदिने पार्टीलाई मात्रै भोट हाल्ने र त्यो बाचा पूरा गर्नैपर्ने गरी अभियान चलाएका छन् । यसपालि पोखरामा उम्मेद्वारी दिएकासँग तमसुक गर्ने र जितेपछि तमसुकअनुसार काम नगरे कानुनी उपचार खोज्ने गरी अभियानको थालनी भएको हो ।

त्यसका लागि सुकुम्बासी आफैले तमसुकको पत्र बनाएका छन् । टोलमा भोट माग्न आउने उम्मेद्वारसँग उनीहरूले तमसुक गराउँछन् र त्यसकै आधारमा आफूलाई मन पर्ने उम्मेद्वारलाई भोट दिने बताएका छन् ।

जिल्ला सुकुम्बासी संघका अध्यक्ष खड्कबहादुर विक अब तमसुक नभर्ने नेतालाई भोट नदिने बताउँछन् । ‘जहिले पनि चुनाव आएपछि राजनीतिक दलका व्यक्तिले भोट, पैसा र मासु–रक्सीमा मात्रै खेलवाड गरेका छन् । बीसौं वर्षदेखि बाबु, बाजे, छोरानातीलाई पनि सुकुम्बासी बनाएर पछाडि पारेका छन् । अब पहिले लालपुर्जा, अनि भोट हो,’ उनले भने, ‘यसपालि तमसुक गराउन थालेका छौं । चुनाव जितेर गएपछि पहिलो काम सुकुम्बासी समाधानका लागि गर्नुपर्छ ।’

त्यसो त राज्यले पनि सुकुम्बासी समस्या समाधानका लागि धेरैपटक आयोग निर्माण गरेको छ । आयोगले अहिले जिल्लाभरिका सुकुम्बासीको तथ्यांक संकलन गरिरहेको छ । एउटा आयोगले काम आधाआधी सकेपछि सरकार फेरिन्छ । सरकारसँगै आयोगका पदाधिकारी फेरिन्छन् ।

जिल्लामा आधा गरिएको काम फेरि भत्किन्छ र नयाँ आयोगले फेरि तथ्यांक बटुल्न थाल्छ । यसैगरी लामो समय वितिसकेको छ । अहिले बनेको आयोगले केही काम अघि बढाए पनि हाल निर्वाचन आचारसंहिताका कारण रोकिएको कास्की संयोजक गंगा पोखरेलले बताए ।

‘केहीले फारम भरेका छन् । केही बाँकी छ । आन्तरिक काम भइरहेको छ । चुनावलाई प्रभावित हुने काम तत्कालका लागि रोकिएको छ,’ उनी भन्छन्, ‘केन्द्रीय आयोगसँग समन्वय गरेर पुनः सूचना निकाल्छौं । बाँकी रहेकोलाई निस्सा दिएर, आयोग नाप्न जान्छ ।’

पोखरामा ४० हजारभन्दा बढी सुकुम्बासी रहेको उनीहरूकै दाबी छ । यद्यपि यस बारे स्पष्ट अध्ययन भएको छैन । तथ्यांकको खोजी गरिएको पनि छैन । सरकारी आकलन अनुसार करिब ३० हजार हाराहारीमा सुकुम्बासी छन् । उनीहरूले सुरु गरेको ‘पहिले लालपुर्जा, पछि भोट’ अभियानमा उम्मेद्वार पनि समर्थन गर्छन् ।

गठबन्धन दलका मेयरका उम्मेद्वार धनराज आचार्यले उनीहरूको नैसर्गिक अधिकारका कुरामा आफूहरु सकारात्मक रहेको र त्यो पूरा गरिछाड्ने बताए । ‘राज्यले ब्यवस्था गर्ने न्यूनतम कुरा हो । उनीहरूको इस्युसँग विमति राख्नुपर्ने छैन । कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ आचार्यले भने, ‘त्यस्ता बस्ती उपयुक्त ठाउँमा सुरक्षित आवास बनाएर स्थानान्तरण गर्नुपर्छ । आवश्यक रोजगारी, शिक्षा र स्वास्थ्यलगायत पूर्वाधार बनाएर त्यहाँ राख्नुपर्छ । यो ज्वलन्त समस्या हो, समाधान गर्नैपर्छ ।’

एमाले उम्मेद्वार कृष्ण थापा पनि सुकुम्बासी समस्या सहरका लागि चिन्ताको विषय भएको बताउँछन् । उनले यसअघि पनि केही काम भइसकेको र अब बाँकी काम आफूहरूले पूरा गर्ने बताए ।

‘केही काम अघि बढिसकेको छ । यो धेरै रोक्नुपर्ने अब छैन,’ उनले भने, ‘सुकुम्बासी भने पनि नेपाली नागरिक हुन् । उनीहरूलाई मानवीय व्यवहार महानगरले गर्नुपर्छ । हामी त्यसका लागि तयार छौं । आफूहरुरूलाई राजनीतिक दलको ‘भोट बैंक’ रूपमा मात्र प्रयोग गरेका कारण सर्त अघि सारेर उम्मेद्वारलाइ नै चुनौती दिएका छन् ।

घरदैलोमा आउने सबै पार्टीका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यलाई सर्तमा हस्ताक्षर गराउने योजना उनीहरूको छ । कास्की जिल्लामा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता छन् । तीमध्ये ५७ हजार हजार २२ नयाँ मतदाता हुन् ।

पोखरा महानगरमा मात्र दुई लाख सात हजार सात सय १२ मतदाता छन् । जसमध्ये पोखरा महानगरभर करिब ३५ हजार सुकुम्बासी मतदाता रहेको संघको अनुमान छ । पोखरा महानगरको सबैजसो वडामा सुकुम्बासी टोल छ । सबैले लालपुर्जा दिनुपर्ने प्रमुख माग अघि सारेका छन् ।

  • निर्वाचन
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?
कञ्चनपुरमा अटो दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.